इटहरीमा ग्यास लिक भएर आगलागी हुँदा एकजना घाइते

सोमबार, ०१ मंसिर २०८२

इटहरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२ मा ग्यास लिक भई भएको आगलागीमा एक व्यक्ति घाइते भएका छन्।

 आज बिहान चन्द्र मेमोरियल बोर्डिङ स्कुल नजिकै पदम बरालको घरमा कोठा भाडामा बस्दै आएका धनकुटा मंखालक्ष्मी नगरपालिका–२ का दत्त कट्वालको कोठामा आगलागी भएको थियो।

सो कोठामा इटहरी–२ का ४० वर्षीय शेखर सापकोटाले ग्यास जोडेर बाल्ने क्रममा चिप्लिएको ग्यास लिक भएको स्थानबाट आगो सल्किएको प्रहरीले जनाएको छ। 

आगो निभाउने क्रममा सापकोटाका हात, खुट्टा तथा अनुहारमा पोलेर चोट लागेपछि उनलाई तत्काल इटहरी अस्पतालमा उपचार गराइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुढीगंगा, मोरङस्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल पठाइएको छ। उहाँको अवस्था बोल्न सक्ने र मध्यम रहेको बताइएको छ।

घटनास्थलतर्फ सशस्त्र प्रहरी बलको हलगडाबाट प्रहरी साहयक निरिक्षक मनोज कुमार चौधरीको कमाण्डमा टोली खटिएको थियो। आगलागीबाट अन्य कुनै विशेष क्षति नभएको र आगो बिहान स्थानीयवासी र  प्रहरीले नियन्त्रणमा लिएका थिए। ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार