काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत् खरिद गर्दा घाटा नभएको बताएका छन् ।
राष्ट्रियसभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा मन्त्री घिसिङले भारतसँग ऊर्जा व्यापारका लागि द्विपक्षीय सम्झौता भएपछि सस्तो मूल्यमा विद्युत् खरिद भइरहेको स्पष्ट पारे ।
“भारतसँग द्विपक्षीय सम्झौता नभएको भए प्रतियुनिट आठ रुपैयाँ १० पैसामा विद्युत् किन्नुपर्ने बाध्यता थियो, सम्झौतापछि प्रतियुनिट छ रुपैयाँ ९५ पैसामा विद्युत् खरिद भइरहेको छ, यसबाट करिब एक अर्ब २० करोड रुपैयाँ बचत भएको छ ।” सोही सम्झौताअनुसार भारतबाट १८० मेगावाट विद्युत् खरिद भइरहेको उनले बताए ।
त्यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जाडोयाममा आपूर्ति सुनिश्चित गर्न भारतबाट विद्युत् आयात अपरिहार्य भएको बताए ।
प्रतिक्रिया