काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्याल यसअघि रक्षा सचिव रहेका थिए । हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातदेखि कार्यकाल सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।
अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन् । त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् । मुख्य सचिवको प्रतिस्पर्धामा अरु सचिवहरु पनि थिए । तर उनीहरुभन्दा अर्याल ५ महिना महिना सिनियर हुन् । अर्याल २०७७ माघ १९ गते सभिवमा बढुवा भएका थिए । सचिवको पदावधि सकिनु साढे २ महिना पहिले मुख्यसचिव बनेका हुन् ।
प्रतिक्रिया