काठमान्डुसँग चितवन ५३ रनले पराजित

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो । 

काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अल आउट भयो ।

चितवनकालागि देव खनाले २१ रन, रवि बोपाराले २१ रनर सोहेल तनवीरले १८ रन जोडे । 

त्यस्तै गरी काठमान्डुका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्दकुमार र दीपेश कँडेलले दुई–दुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए । 

चार वटाखेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ । 

काठमान्डुले भने ३ खेल जितेको छ र २ खेल हारको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार