काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बागमती डर्बीमा काठमाडौं गोर्खाजले चितवन राइनोजसामू सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौं १९.४ ओभरमा अलआउट हुँदै १४२ रनमा समेटिएकाे हाे । गोर्खाजको इनिङ्सलाई मध्यम स्कोरसम्म पुर्याउन विकेटकिपर-ब्याट्सम्यान जोन सिम्प्सनले विस्फोटक ब्याटिङ गरे। उनले मात्र २९ बलको सामना गर्दै ६० रनको आकर्षक अर्धशतक बनाए। उनको याे पारीमा ८ चौका र ५ छक्का समावेश थियो ।
सिम्प्सन बाहेक मिलिन्द कुमारले केही समय क्रिजमा बिताए र ४३ बलमा ३८ रन जोडे । यी दुई बाहेक अन्य ब्याट्सम्यानहरूले ठूलो योगदान दिन सकेनन्।
चितवन राइनोजका बलरहरूले कसिलो प्रदर्शन गरे। खासगरी पाकिस्तानी तिब्र गतिका बलर सोहेल तनवीर निकै हावी भए । उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र २५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए।
यस बाहेक, रञ्जित कुमार र कमल ऐरीले समान २ विकेट लिए भने रवि बोपाराले १ विकेट हात पारे।
प्रतिक्रिया