डिजिटल पेन्ट्सको रिफ्रेसमेन्ट टुरः ठेकेदार र पेन्टरलाई इलाम–सन्दकपुर भ्रमण

सोमबार, २९ मंसिर २०८२

इटहरी : कोशी प्रदेशमा एउटा सफल ब्रान्डका रूपमा स्थापित डिजिटल पेन्ट्सले आफ्ना ठेकेदार तथा पेन्टरहरूका लागि रिफ्रेसमेन्ट टुरको आयोजना गरेको छ ।

झन्डै एक सय जनाको उक्त टोलीलाई डिजिटल पेन्ट्सले इलामको सन्दुकपुरसहित कन्याम र श्रीअन्तुजस्ता पर्यटकीय स्थलहरूको अवलोकन गराएको कम्पनीले जनाएको छ । सो अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट ठेकेदार तथा पेन्टरहरूलाई सम्मानसमेत गरेको थियो ।

कोशी प्रदेशमा उत्पादन हुँदै आएको डिजिटल पेन्ट्सले बजार विस्तार गर्ने क्रममा मधेस प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा समेत आफ्ना उत्पादन विस्तार गरिसकेको कम्पनीका सिइओ देवी गौतमले बताए ।

एनएस चिन्हबाट प्रमाणित डिजिटल पेन्ट्सले हालै चाडपर्व लक्षित बजार योजना सार्वजनिक गरी ग्राहकको मन जित्न सफल भएको सिइओ गौतमको दाबी छ ।

WhatsApp Image 2025-12-14 at 22.35.52WhatsApp Image 2025-12-14 at 22.35.50WhatsApp Image 2025-12-14 at 22.35.48

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार