काठमाडौं : टियागो ईभी ‘कार्टनिभल’ अन्तर–विद्यालय चित्रकला कार्यक्रमअन्तर्गत प्रदर्शनी तथा पुरस्कार वितरण समारोह हालै सम्पन्न भएको छ। सिप्रदियन सहायता संस्था र बुढानीलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
चित्रकला प्रदर्शनीसहित सम्पन्न प्रतियोगितामा कक्षा ५ देखि ८ समूहअन्तर्गत त्रियोग हाईस्कुलका आशिम सुन्दास र कक्षा ९ देखि १२ समूहअन्तर्गत बुढानीलकण्ठ स्कुलकी समय्या थापा प्रथम भएका छन्। दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेशन–५ (PS5) प्रदान गरिएको छ।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो भने दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण गरिएको थियो।
कक्षा ५ देखि ८ समूहमा काठमाडौँ युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानीलकण्ठ स्कुलका दक्ष चौधरी चौथो र त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थानमा रहेका छन्।
त्यसैगरी कक्षा ९ देखि १२ समूहमा बुढानीलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ र राजन मुखिया क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन्।
कार्यक्रम बुढानीलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रा.ली.का प्यासेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिसहित शिक्षक, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।
प्रतिक्रिया