इलाम–२ मा एमालेबाट सुहाङ नेम्वाङ एकल सिफारिस

शनिबार, १९ पुस २०८२

इलाम : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)ले सुहाङ नेम्वाङको नाम एकल सिफारिस गरेको छ।

शनिबार बसेको एमाले इलाम क्षेत्र नं–२ कमिटीको बैठकले केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङलाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

नेम्वाङ २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा विजयी भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतले पराजित गर्दै विजय हासिल गरेका थिए।

उपनिर्वाचनमा नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा खड्काले २१ हजार ९४२ मत पाएका थिए।

एमालेले आगामी निर्वाचनमा पनि इलाम–२ मा निरन्तरता र संगठनात्मक बलका आधारमा नेम्वाङलाई अघि सारेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार