नेपाल पुलिस स्कुल धरान (रातो) डिआइजिपी रनिङ फुटबलको च्याम्पियन

शनिबार, १९ पुस २०८२

धरान: ७औ संस्करण कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरानले जितेको छ।

धरान उपमहानगरपालिका–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस स्कुलले प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

पुलिस स्कुलका जर्सी नम्बर ७ का विकास मगरले पहिलो हाफको सातौँ मिनेटमा निर्णायक गोल गरेका थिए। टिम क्याप्टेन जर्सी नम्बर १० का समीर राईको पासमा डिबक्स बाहिरबाट गरेको उक्त गोल नै आजको फाइनल खेलको निर्णायक बन्यो। विकास मगर फाइनल खेलका ‘म्यान अफ दि म्याच’ घोषित हुँदै नगद रु.१ हजार पाँच रुपैयाँ पुरस्कार प्राप्त गरे।

विजेता नेपाल पुलिस स्कुलले उपाधिसँगै नगद रु. ८१ हजार पाँच रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता प्रभात सेकेण्डरी बोर्डिङ स्कुलले नगद ४१ हजार पाँच रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायुले जानकारी  दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) नेपाल पुलिस स्कुलका समीर राई घोषित भएका छन् । उनलाई सर्वोत्कृष्ट खेलाडीबाट नगद तीन हजार पाँच रुपैयाँ तथा हाइ स्कोररबाट नगद दुई हजार पाँच रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

यस्तै, बेस्ट कोच नेपाल पुलिस स्कुलका सागर कार्की घोषित हुनु भएको छ। उनलाई नगद दुई हजार पाँच रुपैयाँ प्रदान गरिएको छ। बेस्ट मिडफिल्डर प्रभात सेकेण्डरी बोर्डिङ स्कुलका जर्सी नम्बर १० का नेम्साङ राई, बेस्ट डिफेन्डर प्रभात स्कुलका जर्सी नम्बर २ का रिदम पाण्डे, बेस्ट गोलकिपर नेपाल पुलिस स्कुलका जर्सी नम्बर १६ का सोनाहाङ राई तथा उदीयमान खेलाडी नेपाल पुलिस स्कुलका जर्सी नम्बर २ का यारिन भुजेल घोषित भएका छन्।  उनीहरूलाई जनही नगद दुई हजार पाँच रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। 

वि.सं २०५८ सालमा स्थापना भई निरन्तर सञ्चालन हुँदै आएको यो प्रतियोगिता विविध कारणले २०६३ सालमा स्थगित भएको थियो।  करिब १९ वर्षपछि पुनः सञ्चालनमा आएको हो । नेपाल पुलिस स्कुल धरानको आयोजनामा यही पुस ९ गतेबाट सुरु भएको  ७ औ संस्करणको प्रतियोगितामा कोशी प्रदेशका १६ वटा टिमले सहभागिता जनाएका थिए। 

WhatsApp Image 2026-01-03 at 8.33.11 PM (2)WhatsApp Image 2026-01-03 at 8.33.11 PM (1)WhatsApp Image 2026-01-03 at 8.33.11 PMWhatsApp Image 2026-01-03 at 8.33.09 PM (1)WhatsApp Image 2026-01-03 at 8.33.09 PM

WhatsApp Image 2026-01-03 at 8.33.10 PMWhatsApp Image 2026-01-03 at 8.33.13 PM (1)WhatsApp Image 2026-01-03 at 8.33.13 PMWhatsApp Image 2026-01-03 at 8.33.12 PM (1)WhatsApp Image 2026-01-03 at 8.33.12 PM

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार