विराटनगर : कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् केही दिनभित्रै पुर्नगठन हुने भएको छ । प्रदेश सरकारका सत्ता साझेदार दलहरु नेपाली काँग्रेस र एमालेविच मन्त्रीपरिषद् पुर्नगठन गर्ने विषयमा सहमति भएको जनाइएको हो ।
एमालेका सचिव तथा पुर्व कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राई र हालका मुख्य मन्त्री समेत रहेका हिक्मतकुमार कार्कीले केही दिन अघि कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् पुर्नगठन गरिने वताएका थिए । कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् पुर्नगठनको तयार अन्तिम चरणमा पुगेको सत्ता साझेदार दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य भिम पराजुलीले समेत बताएका छन।
मन्त्रीपरिषद् पुर्नगठनको तयारी अन्तिम चरणमा पुगेकाले १–२ दिनभित्रै मन्त्रीपरिषद् पुनर्गठन हुने र नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने सम्भावना रहेको समेत काँग्रेस प्रदेश सभा सदस्य पराजुलीले जानकारी दिए ।
प्रदेश सरकारको मन्त्रीपरिषद् पुर्नगठन हुने भएपछि सत्ता साझेदार दुवै दलमा आँकाक्षीहरु देखिन थालेका छन । जसमा एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम रहेको र चार जना मन्त्री बन्नेछन् । त्यसैगरी काँग्रेसकातर्फबाट पनि आँकाक्षीहरु रहेका छन ।
एमालेकातर्फबाट बिदुर लिङ्थेप, चिन्तन पाठक निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहता मध्ये ४ जना मन्त्री बन्ने स्रोतले जनाएको छ । त्यसैगरी कांग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि लगभग निश्चित बुझिएको छ । जसमा मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी, प्रदिप सुनुवार मन्त्री बन्ने लगभग पक्कापक्की रहेको छ ।
प्रतिक्रिया