काठमाडौं : नेपाली कांग्रेसमा महाधिवेशनका विषयमा लिएर विवाद चुलिरहेको समयमा पाँचबटा प्रदेशका सभापतिहरुले नियमित महाधिवेशनमै केन्द्रित हुन अपिल गरेका छन्।
नियमित महाधिवेशनमै केन्द्रित हुन अपिल गर्ने प्रदेश सभापतिहरुमा कोशीका सभापति उद्धव थापा, मधेसका सभापति कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर रहेका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै संयुक्त अपिल गर्ने पाँच प्रदेश सभापतिहरुले नियमित महाधिवेशनमै केन्द्रित हुन आग्रह छन् । उनीहरुले सोमवार संयुक्त विज्ञप्ती जारी गरेका हुन। उनीहरुले पार्टीको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै संयुक्त विज्ञप्ति पेश गरेका थिए । विज्ञप्तिमा गण्डकी र लुम्बिनी प्रदेशका सभापतिले भने हस्ताक्षर गरेका छैनन् ।
प्रतिक्रिया