टक्सार : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका सचिव शेरधन राईको नाम भोजपुरबाट एकल सिफारिस भएको छ ।
एमाले भोजपुर जिल्ला कमिटीको आज बसेको बैठकले एमाले सचिव तथा कोशी प्रदेश सरकारका पुर्व मुख्यमन्त्री राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
सचिव राईको विकल्पमा अर्काे बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा राईको नाम सिफारिस गरिएको एमाले भोजपुरले जनाएको छ । एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ ।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री रहेका राईले एमालेको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी समेत पाएका छन् ।
प्रतिक्रिया