धरानमा माघ १६ देखि ‘साइन्याप्स –२०२६’ आयोजना हुने

मंगलबार, २२ पुस २०८२
पत्रकार सम्मेलन

धरान : बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आगामी माघ महिनामा अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम साइन्याप्स २०२६ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम आगामी माघ १६ गते देखि २३ गते सम्म साप्ताव्यापी चल्ने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 

पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले साइन्याप्स २०२६ मा  खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधि आयोजना गरिनेछ साथै, मेडिकल तथा स्वास्थ्य विज्ञानका विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्सवको पहिलो दिन उद्घाटनका साथै विभिन्न खेलकुद प्रतियोगिताका लिग चरण पनि सुरु हुने आयोजकले जनाएको छ । प्रत्येक दिन साँझ थिम आधारित सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिनेछ।

साइन्याप्स –२०२६ मा फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, एथलेटिक्स, चेस, क्यारम, ई–स्पोट्र्स, जिम स्पोट्र्स र पौडी प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जनाइयो । त्यस्तैगरी  क्विज, चित्रकला, कविता वाचन, खुला मञ्च कविता,स्ट्यान्डअप,मोनोलग, कथा लेखन, हिज्जे प्रतियोगिता, फोटोग्राफी प्रतियोगिता पनि समावेश गरिनेछन।

कार्यक्रम अवधिभर सामूहिक रक्तदान कार्यक्रम, दैनिक सांस्कृतिक प्रस्तुति, डान्स पार्टी र अन्तिम दिन सांगीतिक कन्सर्ट आयोजना गरिने जनाइएको छ ।

आयोजक समितिका अनुसार यस कार्यक्रमले मेडिकल विद्यार्थीहरूबीच समन्वय र सहकार्य बढाउने विश्वास गरिएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार