धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षिय निर्णय

मंगलबार, २२ पुस २०८२

जनकपुर : धनुषाको कमलानगरपालिकामा भएको मस्जिद तोडफोड विवाद देशव्यापी चर्किरहेको बेला जनकपुरधाममा सर्वपक्षिय बैठक बसेर सद्भाव कायम गर्ने निर्णय गरिएको छ ।

मंगलबार (आज) धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा सामाजिक सद्भाव र एकता कायम गर्न सबै पक्षबाट आवश्यक समन्वय, सहयोग र द्वन्द्व न्यूनकिरणका लागि सकृय रुपमा लाग्ने निर्णय गरिएको छ ।

सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय, राजनैतिक पार्टीहरुले आ आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने÷नगराउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइटेलले जानकारी दिए ।

उनले मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाउने कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारवाही हुने प्रतिबद्धता जाहेर गरे । लुइटेलले अपशब्द प्रयोग गरी हिन्दू धर्म प्रति टिप्पनी गरेर टिकटक भिडियो बनाउने माथि पनि कानुन बमोजिम सजाय हुने बताए ।

उनले धनुषाबाट सुरु भएको दुबै समुदायबीचको द्वन्द्व देशभर फैलिसकेकोले अब सबैलाई शान्त हुन आग्रह गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार