इलाममा सवारी दुर्घटना हुँदा दुईजना घाइते

सोमबार, २८ पुस २०८२
दुर्घटनाको फोटो

इलाम : इलामको नेपालटारमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते भएका छन्। मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका वडा नम्बर १ नेपालटारमा ताप्लेजुङबाट झापा तर्फ आउदै गरेको  बोलेरो र बिपरित दिशाबाट जादै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा दुईजना घाइते भएका हुन् ।

 

दुर्घटनामा ताप्लेजुङको कञ्चनजङ्घा बोडिङ् स्कुलमा कार्यरत मोटरसाइकल चालक कुलप्रसाद पौडेल र फङलिङ् २ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईँ घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घाइते दुवैजना मोटरसाइकलमा सवार रहेको समेत प्रहरीले जनाएको छ । 

 

प्रदेश १–१०१–ज ३६६१ नम्बरको बोलेरो र प्रदेश १–०३–००१  ४७६११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको  छ । घाइतेहरुको इलाम अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि बिराटनगर रेफर गरेको बताइएको छ । बोलेरो चालक सूर्योदय नगरपालिका १४ का प्रदिप मगर नेपालटार प्रहरीको नियन्त्रणमा लिइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार