नेपाल बैंकको डीसीईओमा होमबहादुर खड्का नियुक्त

सोमबार, २८ पुस २०८२

काठमाडौँ : नेपाल बैंक लिमिटेडको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा होमबहादुर खड्का नियुक्त भएका छन्। नुवाकोट स्थायी घर भएका खड्का यसअघि नेपाल बैंकमै सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ)को जिम्मेवारी सम्हाल्दै आएका थिए।

खड्काले वरिष्ठ एसीईओद्वय प्रकाश अधिकारी र विश्वराज बराललाई पछि पार्दै डीसीईओ पदमा नियुक्ति पाएका हुन्। अधिकारी र बराल दुवै खड्काभन्दा वरिष्ठ भए पनि उनीहरू आगामी फागुन २१ गतेपछि अनिवार्य अवकाशमा जाने अवस्थामा रहेका छन्।

बैंक स्रोतका अनुसार संस्थागत निरन्तरता, भावी नेतृत्व व्यवस्थापन तथा कार्यसम्पादन क्षमतालाई आधार मानेर खड्कालाई डीसीईओको जिम्मेवारी दिइएको हो।

पछिल्लो समय नेतृत्व अभाव र व्यवस्थापकीय निर्णय प्रक्रियामा ढिलाइ भएको भन्दै आलोचना खेप्दै आएको नेपाल बैंकले खड्काको नियुक्तिसँगै व्यवस्थापन पक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

नेपाल बैंकको दीर्घकालीन रणनीति, जोखिम व्यवस्थापन तथा सञ्चालन सुधारमा खड्काको भूमिकालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। बैंकिङ क्षेत्रमा लामो अनुभव बोकेका खड्काले यसअघि बैंकका विभिन्न महत्त्वपूर्ण विभाग तथा जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार