काठमाडौं : थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित थारु राष्ट्रिय माघी महोत्सव २०८२ काठमाडौंको टुँडिखेलमा आयोजना गरिने भएको छ । यही पुस ३० र आगामी माघ १ गते आगामी बुधबार र बिहीबार टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव २०८२ आयोजना गरिने भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहित थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा ३० वटा थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीका अनुसार माघी पर्व थारु समुदायको महान पर्व मात्र नभई नयाँ वर्ष, सामाजिक एकता, स्वतन्त्रता र आत्मपहिचानको प्रतीक हो । माघी पर्व थारु समुदायले मेचीदेखि महाकालीसम्म विभिन्न नाम र परम्पराअनुसार मनाउँदै आएको उनले पत्रकारहरुलाई जानकारी गराए ।
महोत्सवमा थारु सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा गीत, थारु खानपान प्रदर्शनी, हस्तकला र पुस्तक प्रदर्शनी, मोटरसाइकल ¥याली, ‘जिता मर्ना’ कार्यक्रम तथा विभिन्न क्षेत्रमा योगदान पु¥याएका थारु व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जनाइयो ।
थारु समुदायका परम्परागत परिकार ढिक्री, खिचरी, अन्डिक भात, तिलको लड्डु, काथ्या रोटीलगायतका परिकार महोत्सवमा सर्वसुलभ मूल्यमा उपलब्ध हुनेछन् । महोत्सवमा करिब १०० वटा स्टल रहनेछन् भने थरुहट तराईका विभिन्न जिल्लाबाट मघौटा, सखिया, झुमा, हुर्दगंवा, होरी, बडोनाचलगायत दुई दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया