नेपाल उद्योग परिसंघ कोशी प्रदेशका तर्फबाट गाउँपालिकालाई ब्लाङ्केट हस्तान्तरण

सोमबार, २८ पुस २०८२
ब्लाङ्केट हस्तान्तरण

विराटनगर : सामाजिक उत्तरदायित्व निभाउदै नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विगतका वर्ष झै यस वर्ष पनि बुढीगंगा गाउँपालिकालाई ब्लाङ्केट हस्तान्तरण गरेको छ । तराईमा बढी रहेको शितलहर र जाडोको समयमा स्थानीय सिमान्त बर्गका नागरिकलाई राहत प्रदान गर्ने उद्धेश्यले ब्लाङ्केट उपलव्ध गराएको जनाइएको हो । 

 

नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले बुढीगंगा गाउँपालिकालाई ५० थान ब्लाङ्केट सिमान्तकृत वर्गमा मानिसहरुलाई वितरणका लागि हस्तान्तरण गरेको परिसंघका महानिर्देशक बिजय हरि शर्माले जानकारी दिए । 

 

जाडो बढी रहेको समयमा स्थानीय सिमान्त बर्गका नागरिकहरुलाई वितरण गर्नका लागि  कम्बल गाउपालीका अध्यक्ष जीत नारायण थापालाई हस्तान्तरण गरिएको छ । जाडोयामको समयमा न्यानो कपडा आवश्यक पर्ने सिमान्त,विपन्न तथा असहाय नागरिकहरुलाई लक्षित गरि सहयोग गरिएको जनाइएको छ । 

 

ब्लाङ्केट हस्तान्तरण गर्दै परिसंघका महानिर्देशक  शर्माले समुदायसँग सहकार्य गर्दै यस्ता 
सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरे । उनले लक्षित वर्गलाई यसले प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरे । परिसंघले विगतका वर्षहरुमा पनि न्यानो कपडा वितरण लगायतका सामाजिक कार्य गर्दै आएको छ ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार