भोजपुर : भोजपुरमा स्थानीय भत्ता पाउनु पर्ने माग सहित भोजपुरका शिक्षकहरुले ध्यानाकर्षणपत्र बुझाएका छन् । विहिवार भोजपुरमा कार्यरत शिक्षकहरुलाई स्थानीय भत्ताको ब्यवस्था गरिनु पर्ने माग सहित ध्यानाकर्षण पत्र भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेलाई बुझाएका हुन् ।
ध्यानाकर्षणपत्र बुझ्दै नगर प्रमुख आलेले शिक्षकहरूको माग सम्बन्धी आफु गम्भीर भएको बताउँदै आजै कार्यपालिका बैठकबाट स्थानीय भत्ताउपलब्ध गराउनु बजेट माग गर्ने निर्णय गरी आवश्यक बजेटको लागि सिफारिस समेत गरएको नगर प्रमुख आलेले जानकारी दिए ।
ध्यानाकर्षण पत्र भोजपुर सहित स्थानीय भत्ता उपलब्ध नगराएका पालिकाहरु सहित शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख निवास न्यौपानेलाई समेत ध्यानाकर्षणपत्र बुझाईएको नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव लक्ष्मण जोशीले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले अन्य संघ संगठनसँगको समन्वयमा भोजपुर नगरपालिका र स्थानीय भत्ता नदिएको अन्य पालिकाहरुमा पनि ध्यानाकर्षणपत्र बुझाइएको जनाएको छ ।
स्थानीय भत्ताका लागि आवश्यक बजेट ब्यवस्थापन र अपुग रकम माघ मसान्त भित्रमा माग गरी बितरणको ब्यवस्था मिलाउनु पर्ने र शिक्षकको मनोबल र कार्य प्रेरणासँग पनि प्रत्यक्ष जोडिएको विषय स्थानीय भत्ता पनि भएकाले यसको व्यवस्था तत्काल लागू गर्नुपर्ने शिक्षकहरुको भनाई छ ।
प्रतिक्रिया