मोरङको उर्लाबारीमा निर्वाचन प्रहरीको तालिम र नाम दर्ता सुरु (तस्बिरहरू)

आइतबार, १८ माघ २०८२

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा निर्वाचन सुरक्षाका लागि खटिने प्रहरीको नाम दर्ता प्रक्रिया जारी छ ।

निर्वाचन सुरक्षासम्बन्धी तालिमका लागि यहाँ कुल २ सय ४२ जना प्रहरी सहभागी भएका छन्। सहभागीमध्ये १ सय ९२ जना पुरुष र ५० जना महिला प्रहरी रहेका छन्। तालिम सम्पन्न भएपछि आवश्यकताअनुसार उनीहरूलाई विभिन्न मतदान केन्द्र तथा सुरक्षा संवेदनशील क्षेत्रहरूमा परिचालन गरिनेछ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार