उदयपुर क्षेत्र नम्बर १ मा बालेनको चुनावी दौडाहा

विहीबार, २२ माघ २०८२

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उदयपुरको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारमा सहभागी भएका छन्। पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पारशमणी गेलालसँगै बालेन उदयपुरका विभिन्न स्थानमा पुगेका हुन्।

रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन देशव्यापी चुनावी कार्यक्रमअन्तर्गत तेस्रो चरणको प्रचारप्रसार अनुसार उदयपुर आएका हुन्। सो क्रममा उनी रामपुर, बेल्टार, गाईघाट, मोतीगढा, चुहाडे र जलजले पुगेका छन्।

त्यसैगरी बालेनले जलजलेस्थित उदयपुर सिमेन्ट फ्याक्ट्रीको समेत भ्रमण गरेको उम्मेदवार गेलालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार