प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसका अवसरमा झापा शाखाद्धारा पत्रकार अभिनन्दन

विहीबार, २२ माघ २०८२

झापा : प्रेस चौतारी नेपालको २८औं स्थापना दिवसको अवसरमा झापा शाखाले आफना पुर्व अध्यक्ष गणेश पोखरेललाई अभिनन्दन गरेको छ । प्रेस चौतारी नेपाल झापा शाखाका अध्यक्ष प्रदिप परियारको अध्यक्षता तथा निवर्तमान सभामुख देवराज घिमीरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शाखाका पुर्व अध्यक्ष पोखरेललाई अभिनन्दन गरिएको हो । 

अभिनन्दित पोखरेललाई नगद २५ हजार प्रदान गरियो भने सोही कार्यक्रममा पत्रकार सन्तोष शर्मालाई लेखनवृत्ति झापा शाखाका संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कार प्रदान गरियो । चौतारी झापाले ६–६ महिनामा लेखनवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक विटमा पत्रकार शर्माले लेखेको समाचार छनौट भएपछि उनलाई नगद  ५ हजार रुपैया सहित लेखनवृत्ति प्रदान गरिएको हो । 

 

२८ औं स्थापना दिवसका साथै वार्षिक साधारण सभाका अवसरमा झापा शाखाका अध्यक्ष परियारले एक वर्षमा गरेको कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।  कोषाध्यक्ष सरोज भट्टराईले आर्थिक प्रतिवेदन र उपचार कोषको संयोजक भीमा शिवाकोटीले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अभिनन्दित पूर्वअध्यक्ष पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य झापा इञ्चार्ज माधव विद्रोही, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाको अध्यक्ष स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार