काठमाडौं : आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि छपाइ भईरहेको मतपत्रको छपाइ प्रगतिका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले जानकारी लिएकी छन्।
प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन,२०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे आज जानकारी लिएकी हुन् ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा पुगेर प्रधानमन्त्री कार्कीले अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन् । सो क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा रहेका थिए ।
प्रतिक्रिया