काठमाडौं । कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शनिबार सार्वजनिक भएको छ।
काठमाडौंको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरे ।
कार्यक्रममा बोल्दै कवि मुकारुङले देवव्रतको कवितामा लय विधान भएको बताए । ‘पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरू छन् । त्यसमध्ये देवव्रत पुगेका छन् । यो संग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन्। कतिपय कविता पढ्दा ईर्श्या पनि लाग्यो’, उनले भने, ‘उनका प्रत्येक कविता पढ्दा संगीत गुन्गुनाए जस्तो लाग्छ।’
निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको उनले बताए।ु‘देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ’ सापकोटाले भने।
देवव्रतका कवितामा हजारौं वर्षदेखिको पुरानो घाउ, मधेशका दलित र कर्णालीका आम मान्छेका जीवन समेटिएको बताए ।
लेखक वन्दनाले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताइन् । ‘उनका कविताले मृत्यु बोलेका छन् ।आत्महत्या बोलेका छन् । चरम उपभोक्तावादी समय पनि बोलेको छ । कर्णालीमा भएको अभाव बोलेको छ’, उनले भनिन् ‘देवव्रतको कविताले भविष्यमा हस्तक्षेपकारी भूमिका खेल्छन् ।’
कार्यक्रममा देवव्रतका शीर्ष कविता वाचन गरेका थिए । संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया