मुस्ताङमा कांग्रेसको अग्रता, एमाले दोस्रो

सोमबार, ०५ मंसिर २०७९
मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० छ । सोमबार बिहान ३ बजेर ४५ मिनेटमा सुरु भएको मतगणना अहिले दुई स्थानमा जारी छ । कूल ३९ मतदान केन्द्र मध्ये अहिलेसम्म १९ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार