चार श्रष्टा सम्मानित

आइतबार, ३१ बैशाख २०८०
विराटनगर । भाषाशास्त्री महानन्द सापकोटाको १२७ औं जन्म जयन्तीको अवसर पारेर उनको जन्मस्थल इलामको इरौंटार देवानछापमा चारजना श्रष्टालाई सम्मान गरियो । सो अवसरमा महानन्द पुरस्कारबाट झापाका कोमलप्रसाद पोखरेल, महानन्द प्रोत्साहन पुरस्कारबाट चुलाचुली इलामका कवि सुन्दर कुरूप, भवानी घिमिरे रङ्ग–पुण्य स्मृति पुरस्कारबाट इलामका कवि विमल वैद्य र हिरा आकाश पूर्ण–टुङ्ग पुरस्कारबाट पाँचथरका प्रेम ओझा सम्मानित भए । प्रमुख अतिथि अग्रज कवि तथा गीतकार दिनेश अधिकारीले पुरस्कृत श्रष्टाहरूलाई दोसल्ला र सम्मानपत्र नगदसहित अर्पण गरेका थिए । समारोह महानन्द पुरस्कार समितिका अध्यक्ष कवि केशव आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । सम्मानित श्रष्टाहरूका बारेमा पत्रकार चन्द्र भण्डारीले बोलेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार