शहरी विकास मन्त्रालयको सचिवमा आचार्य

आइतबार, २५ मंसिर २०७९
शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी सुरेश आचार्यले पाएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले उनलाई सो मन्त्रालयमा पठाएको हो । आचार्य हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इञ्जिनियरिङ समूहका सचिव छन् । मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंहले मंसिर पहिलो साता नै अनिवार्य अवकाश पाएपछि सो मन्त्रालय सचिवविहिन थियो । सिंहको अवकाशसँगै रिक्त रहेको सचिवमा आजै सहसचिव राम आधार साहको बढुवा गरिएको छ । बढुवासँगै साहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ । मन्त्रालयमा सरुवा भएका सचिव आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जानुअघि खानेपानी मन्त्रालयको सचिव थिए । २०७७ मंसिरमा सचिव बनेका उनी यसका अतिरिक्त नेपाल ट्रष्टको कार्यालय, तात्कालिन नेपाल पुनर्निर्माण प्राधिकरण, बिज्ञान तथा प्रबिधि मन्त्रालयमा सचिवको भूमिकामा थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार