एमाले अध्यक्ष ओली र कांग्रेस नेता केसी बिच भेटवार्ता

सोमबार, २६ मंसिर २०७९
नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । ओलीको निमन्त्रणामा केसी उनलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।दुई नेताबीच करिब २ घण्टा वार्ता भएको बताइएको छ । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ । त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले बताएका छन् । नजीविकाका सवालमा उठेका विषयको सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा पनि छलफल भएको छ । भ्रष्टाचारविरुद्ध एक भएर लड्ने प्रतिबद्धता समेत दुई नेताले जनाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार