सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति

सोमबार, २६ मंसिर २०७९
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काम चलाउ सरकारले ल्याएको अध्यादेश प्रति आपत्ति जनाएका छन् । महामन्त्री शर्मालेआजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउन सरकारले अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाएका हुन्। अध्यादेशबारे पार्टीहरूबीच छलफल नभएको बताउँदै शर्माले सरकारको कदमप्रति असहमति जनाएका हुन् । शर्माले सामाजिक सञ्जालमा स्टाटस लख्दै अध्यादेश ल्याउन अघि दलहरूबिच र आफ्नै दलभित्र छलफल हुनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति  संक्रमणकालझमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ !’ आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार