निर्णायक अन्दोलनको तयारीमा मोरङ सुनसरीका उद्योगी व्यावसायी

मंगलबार, २७ मंसिर २०७९
मोरङ सुनसरीका उद्योगी व्यावसायीले अन्दोलनको चेतावनी दिएका छन् । बैंकिङ नीति प्रतिकूल भएको र चर्को ब्याजदरका कारण व्यवसाय नै धरासायी अवस्थामा आएको भन्दै उद्योगी व्यावसायीले निर्णयक आन्दोलन गर्ने चेतावनी दिएका हुन्। चर्को ब्याजदरका कारण व्यवसाय नै छाडेर पलायन हुनुपर्ने अवस्थाको सृजना हुन लागेको मोरङ–सुनसरीका उद्योगी व्यवसायीहरूले बताएका छन्। विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले समस्यका समाधानमा बेवास्ता गरे निर्णायक आन्दोलन घोषणा गर्ने चेतावनी दिएका हुन् । हामी निर्णायक अन्दोलनको तयारीमा छौँ । अब गरिने आन्दोलन अन्तिम आन्दोलन हुने छ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अटोमोबाइल्स क्षेत्रको आन्दोलन सुरु भइसकेको नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) मोरङका अध्यक्ष संजय श्रेष्ठले उल्लेख गरे । घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ का अध्यक्ष चेतन निरौलाले बैंकको चर्को ब्याजदरका कारण सबैभन्दा बढी साना उद्योगहरू प्रभावित भएको बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार