ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
एकाकार (कविता)
प्रदेश खबर
विहीबार, ११ जेठ २०८०
लक्ष्मी रायमाझी खड्का
तिमीलाई
सम्झिन पाएकै छु
अझै मृदुमुस्कानमा
अल्मलिएकै छु
क्षितिजसँग माया साटेर
पश्चात्ताप भएकै
छैन मलाई!
किन थाहा छ ?
आँखाभरिको रमिता
मनभरिको खुसी
र मुटुभरिको माया
पहाड
र क्षितिज
म
र तिमीमा फरक छैन
न मिलनको खाँचो
न बिछोडको पीडा
बस्
यस जन्मको सार्थकता
तिमीमा समेटिएको म
ममा समाहित तिमी
यति भए पुगेन त?
गहकिलो सम्झनाको
भारी बोकेर
आनन्दमा डुब्नुको
अनि त्यही मीठो आभासमा
दिनचर्या कट्नुको मजा!
अलौकिक सुखानुभूतिमा
अल्मलिँदै अल्मलिँदै
बितेको समय
उही समयसँग
पत्तो नपाई
गाँसिएको प्रीति
र प्रीतिमा मिसिएको
बतासको स्पर्शमा
फुरुङ्ग पर्दै
पर्दै बतासिएको
मेरो मन
आहा !
तृष्णाको मोहनीमा
भाग्दै गरेको जीवन
कति मजा छ
तिम्रो
र मेरो एक धड्कन!!
–विराटनगर
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत (नामावलीसहित)
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई परिवारलाई राष्ट्रपति रामचन्द्र पौडेलको समवेदना सन्देश
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया