आयोगले निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउने

विहीबार, २९ मंसिर २०७९
अन्तिम नतिजा सार्वजनिक गरेसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने जानकारी दिएका छन् । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने तयारी गरिएको थापलियाको भनाई छ । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ संसद र सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । आयोगले प्रतिवेदन राष्ट्रपतिका साथै संघीय संसद सचिवालयलाई नव निर्वाचित सांसदहरुको विवरण पठाउने व्यवस्था छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार