हामीले यस अघि देखि नै वाल प्राइमर, इमल्सन, डिस्टेम्बर, इनामेल (काठ तथा मेटल), आलमुनियम पेन्टस् वाल पुटिङ लगायतका सामाग्रीहरू उत्पादन गरिरहेका थियौँ । विशेष गरी पुर्वका उपभोक्ताहरूको उच्च मागका कारण नयाँ उत्पादनहरू बजारमा ल्याएका हौँ कम्पनीका सिइओ देवीप्रसाद गौतमले भने।
कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरूको जानकारी, नियमावली, विभिन्न स्किमहरूका साथै विक्रेताहरूलाई गुणस्तरीयताका बारेमा जानकारी दिइएको थियो ।
डिजिटल पेन्टस् प्रा. लि. ले नेपालको पूर्वी क्षेत्रलाई रंगमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन सुरू गरिएको जनाएको छ । हामी उपभोक्ताको माग अनुसार गुणस्तरीयता लाई केन्द्रित बनाएर उत्पानहरु बजारमा ल्याउछौँ । जस्का कारण उपभोक्ताडिजिटल पेन्ट्सका उत्पादनहरुसँग सन्तुष्ट छन् । यसले हामीलाई थप हौसला दिने गरेको छ,प्रोडक्सन म्यानेजर हेमराज कार्कीले भने ।
डिजिटल पेन्टस् प्रा. लि. लेस्थापनाकालको छोटो समयमा नै आफ्नो विशिष्ट स्थान हासिल गर्न सफल भएको कम्पनीका अर्का सिइओ मणिकुमार आचार्यको भनाई थियो। उनले डिजिटल पेन्टस्का उत्पादनहरू २५ सहरका ७७ भन्दा बढी रङ महल ग्रुप अन्तर्गतका काउन्टर मार्फत बिक्री वितरण भइरहेको जानकारी दिएका छन् ।
प्रडक्ट लन्च कार्यक्रममा डिजिटल पेन्टस् प्रा. लि. का अध्यक्ष भीमप्रसाद गौतम, सिइओ देवीप्रसाद गौतम, सिओओ मणिकुमार आचार्य, सिएफओ किसन खनाल, प्रोडक्सन म्यानेजर हेमराज कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया