मनको विन्ति

बुधबार, ०६ असार २०८०
नीरा सुब्बा यो मन पहिले मुरमुरिन्थेँ , अहिले हाँस उठ्न थालेको छ आरन बिना फलामलाई, मान्छेले कस्तरी गालेको छ नबग्रियोस् है मति, भइसक्यो अति , सबैले देखिसक्यो गति । दिन त दिनै पर्ने दिने कुरा कुनाकाप्चालाई उन्नति चाहिएको छ । नाला, झोडा बडला कि बर्खामा, यो मनले भय पालेको छ । नजावोस् पहिरो, नहोस् है खति, यो मनले महाकाललाई विन्ति चढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार