कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भए पछि तनाव उत्पन्न

शुक्रबार, ०१ पुस २०७९
कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा साइकलमा क्याम्पस जादै गरेका वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । वैद्य महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि तनाव उत्पन्न भएको छ। दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । उक्त क्षेत्रमा प्रहरी परिचालन गरी राजमार्ग खुलाउने प्रयास भइरहोको प्रहरी निरीक्षक गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार