उर्लाबारी नगरले ल्यायो १ अर्ब ३० करोडको बजेट

आइतबार, १० असार २०८०
विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । दशौं नगरसभाका क्रममा शनिबार नगर उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले उक्त रकम बराबरको बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमा चालू खर्चतर्फ ५७ करोड ३७ लाख ९३ हजार ७२० रुपैयाँ र पुँजीगततर्फ ७३ करोड २ लाख ८२ हजार ९१८ रुपैयाँ अनुमान गरिएको छ । यसैगरी आन्तरिक आम्दानीतर्फ ५ करोड ७८ लाख ७ हजार, संघीय सरकार राजश्व बाँडफाँडतर्फ ११ करोड ९ लाख ६७ हजार छ । समानीकरण अनुदानतर्फ १५ करोड ६५ लाख, विशेष अनुदान २ करोड, राजश्व बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर ३ लाख ७० हजार २६० वित्तीइय समानीकरण प्रदेश सरकारतर्फ १ करोड ९९ हजार, सवारी साधन कर बाँडफाँड प्रदेश सरकारतर्फ ९२ लाख ९४ हजार रहेको जनाइएको छ । यस्तै, सडक बोर्डबाट प्राप्त हुने रकम ५८ लाख, संघीय सरकार सशर्त अनुदानतर्फ ५९ करोड ७३ लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ ४५ लाख रहेको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार