सरकारमा जाने नजाने निर्णय भइसकेको छैन-रवि लामिछाने

सोमबार, ०४ पुस २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्काल सरकारमा जानेबारे निर्णय भइनसकेको बताएका छन् । शभापति लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको उल्लेख गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए । उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था यसबारे सोचिने, नभए सरकारमा जानका लागि जानुको अर्थ हुँदैन भनेर छलफलमा छौं ।’ मुलुक अनिर्णयको बन्दी बन्न नहुने उनले बताए । आफूहरुको सहभागिता विना सरकार नै नबन्ने अवस्था नरहेको, तर सहज हुनसक्ने भन्दै उनले भने, ‘हामी छलफलको क्रममा छौं र यसलाई तीव्र बनाएका छौं ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार