झापा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

बुधबार, ०६ पुस २०७९
घाँस दाउरा लिएर सामुदायीक वनबाट फर्कदै गरेका एक पुरुष हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका छन् । झापाको बाह्रदशी गाउँपालिका-१ मा रहेको पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घास दाउरा गरी फर्केने क्रममा सोही स्थानका ३७ वर्षीय जगत बहादुर भुजेललाई जंगली हात्तीले आक्रमण गरेको थियो । बुधबार दिउँसो ४:२० बजे हात्तीको आक्रमणमा परेका भुजेलको घटनास्थलमै निधन भएको झापा प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले  बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार