वागमतीमा प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरूको गम्भीर आपत्ति

सोमबार, १६ असार २०८२

हेटौंडा : दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगरी सरकारले एकलौटी ढंगबाट वागमती प्रदेश सभा बैठक सार्ने काम भइरहेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती जनाएको छ । 

सोमबार नेकपा (एकिकृत समाजवादी) का सांसद बसन्त मानन्धर, राप्रपाका उपनेता, गिर बहादुर तामाङ र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्न प्रसाद ढकालले् संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आपत्ती व्यक्त गरेका छन् । 

बजेटमा रहेको नीतिगत त्रुटि, असन्तुलित, बिभेदकारी र सेटिङ्गमा आधारित वजेट सच्याएर मात्र यस समस्यको हल गर्न सकिने पनि उनीहरुको भनाई छ । 

तसर्थ प्रदेश सभालाई बन्धक बनाएर बजेट माथिको छलफलबाट भाग्नु भन्दा दलहरुसँग सम्वाद गरी आवश्यक निकाश निकाल्न पनि प्रदेश सरकारलाई प्रतिपक्ष दलहरु आग्रह गरेका छन् । 

‘आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रदेश सभामा पेश गरिसकेको छ । आजसम्म बजेट माथि छलफल हुन सकेको छैन । बजेट निर्माणको सन्दर्भमा वागमती प्रदेश सरकारले गम्भिर नीतिगत त्रुटि गरेको छ । प्रदेश सरकारको यो वीचमा देखिएका गतिविधि बारे प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ । 

बजेट माथि सत्ताघटक दलहरुको असन्तुष्टी र अन्तरविरोधका कारण पनि प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको पनि उनीहरुको आरोप छ । 

उनीहरुको भनाई, ‘राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल पनि निकै ढिलो गरी असार १२ गतेबाट सुरु गर्ने तय भयो । वजेट माथि सत्ताघटक दलहरुको असन्तुष्टी र अन्तरविरोध चुलिएको छ । सत्ताघटक दलको बैठक वसी दिनभर प्रदेश सभालाई बन्धक बनाइयो । अन्तत सत्ताघटक दलहरुको कारणले १२ गतेको प्रदेश सभा बैठक बस्न सकेन । पुनः बजेट माथिको छलफल असार १६ गते १ः०० बजेका लागि सारियो । आज असार १६ गते १ वजेको लागि बोलाइएको बैठक पनि नराखी ४ः०० वजेसम्मका लागि सारियो । आज ४ः०० बजे पनि वैठक वस्न सकेन । अन्तत प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको छ ।’ 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार