१० वर्षीया बालिका करणी गरेको आरोपमा ओखलढुंगाबाट ६८ वर्षीय वृद्ध पक्राउ

शुक्रबार, ०८ पुस २०७९
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाबाट एक वृद्ध व्यक्ति पक्राउ परेका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका-३ सिल्कुबेसी बस्ने ६८ वर्षीय शुक्र बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । शुक्र बहादुरले ती बालिकालाई मंसिर २२ गते साँझ सोही ठाउँमा रहेको उनको खेतमा रहेकोमतान घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार