पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–१ स्थित खुँगा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ७० थान न्यानो स्विटर वितरण गरिएको छ ।
स्वर्गीय जीत बहादुर रम्तेल स्मृति प्रतिष्ठान, फिदिम नगरपालिका–१० को आयोजनामा विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई स्विटर वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णकुमार जबेगुको अध्यक्षता तथा फालेलुङ गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष टेकबहादुर गुरागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिष्ठानका अध्यक्ष विनय रम्तेलले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि यस्ता सहयोगात्मक कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत विद्यालय र विद्यार्थी लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि वडाध्यक्ष गुरागाईंले स्वर्गीय जीत बहादुर रम्तेल स्मृति प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय तहले पनि शिक्षा र सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रम अघि बढाउँदै आएको जानकारी दिए ।
प्रतिक्रिया