अनुमतिबिना भारतमा चिकित्सा शिक्षा पढ्नेले समकक्षता नपाउने

बुधबार, ०६ भदौ २०८०
काठमाडौं । चिकित्सा शिक्षा आयोगले अध्ययन अनुमति पत्र (एनओसी) विना गई भारतमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले समकक्षता नदिने भएको छ । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा भारतको सीमा क्षेत्रमा खुलेका नर्सिङ कलेजमा एनओसी विना अध्ययन गर्न गएका नेपाली विद्यार्थीले समकक्षता नपाउने बताएका हुन् । चिकित्सा शिक्षा ऐनका कारण नेपालका नर्सिङ कलेजहरु बन्द हुँदा भारतका कलेजमा सयौं नेपाली विद्यार्थी अध्ययन गर्न पुगेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको जिकिर छ । ऐनमा चिकित्सा शिक्षाको कुनै विषय अध्ययन गर्न चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने एकीकृत प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्थाका कारण भारतमा पढ्न जानेहरु बढेका उनको भनाइ छ । ऐनले विद्यार्थीको पढाइ र अभ्यासको लागि मेडिकलतर्फ कम्तीमा ३ सय तथा डेन्टल र नर्सिङतर्फ कम्तीमा १ सय शय्याको अस्पताल सञ्चालन गरिरहेको शिक्षण संस्था हुनुपर्ने व्यवस्था गरेको छ । संघर्ष समिति संयोजक निर्मल सापकोटा ऐनले स्नातक तहलाई नियमन गर्ने भने पनि आयोगले अपब्याख्या गरेर प्रमाण पत्र तहको कार्यक्रम बन्द गराएको आरोप लगाए । उनले भने ‘ऐनले नयाँ खुल्न लागेको शिक्षण संस्थालाई मापदण्ड नपुगे आसय पत्र नदिने भनेको छ । तर वर्षौंदेखि सञ्चालन भइरहेको शिक्षण संस्था बन्द गराएको छ’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार