रहेनन् अग्रज पत्रकार तथा साहित्यकार नेपाली

मंगलबार, १२ भदौ २०८०
काठमाडौं । अग्रज पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । जनकपुरस्थित म्याक्स अस्पतालमा सोमबार बेलुका उनको निधन भएको हो । एक वर्षयता बिरामी रहेका उनको उपचार भइरहेको थियो । जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उनको जन्म भएको थियो । नेपालीले २०१८ सालदेखि पत्रकारिता शुरुआत गरेका नेपालीले २०१५ सालमा ‘जानकी नौवमी’ कविता माफृत् साहित्य लेखन सुरु गरेका थिए । उनी लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार