मोरङमा मोटरसाइकल दुर्घटना हुदा एक पुरुषको मृत्यु

आइतबार, १० पुस २०७९
मोरङको कटहरी गाउँपालिका ६ मा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ८८८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोरङको धनपालथान गाउँपालिका ५ का ३५ वर्षीय सुरजकुमार सरदारको मृत्यु भएको छ । गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । मृतकको साथमा सवारी चालक अनुमति पत्र लगायतका कागजात फेला नपरेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार