पूर्व सहकर्मी डा. बाबुराम भट्टराई र हिसिला यामीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रचण्डलाई भेट्न भट्टराई पत्नी हिसिला यमीसहित खुमलटार पुगेका थिए ।
डा. भट्टराईले प्रचण्डलाई बधाई दिँदै सहकार्यको प्रस्ताव अघि सारेका छन् । भट्टराईले अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन् ''क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना १ क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ ।''
प्रतिक्रिया