१२ वर्षीय बालकले गरे आफ्नै पाँच वर्षीय भान्जाको हत्या

बुधबार, १३ पुस २०७९
ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच वर्षीय भान्जाको हत्या आरोपमा १२ वर्षीय मामालाई प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका ६ का पाँच वर्षीय साङ्गे शेर्पाको हत्या आरोपमा मामा पर्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबारदेखि अचानक बेपत्ता भएका शेर्पा आइतबार गाउँ नजिकैको जङ्गलमा स्थानीयले मृत अवस्थामा फेला पारेका थिए । मृतक बालकको शरीरका विभिन्न भागमा चोट लागेकाले घटना शंकास्पद देखिएको र मामा पर्ने बालकले उक्त घटना घटाएको हुनसक्ने परिवार र स्थानीयको आशङ्कामा बालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरिक्षक केशव अधिकारीले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा कुटपिट गर्दा बालकको ज्यान गएको पक्राउ परेका बालकले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार