इरानविरुद्ध इंग्ल्याण्डले गर्यो गोलको वर्षा

सोमबार, ०५ मंसिर २०७९
इरानविरुद्ध इंग्ल्याण्डले शानदार जीत निकालेको छ । समूह बी अन्तरगतको पहिलो खेलमा इंग्ल्याण्ड ६–२ गोलअन्तरले विजयी बनेको हो । इंग्ल्याण्डको जीतमा लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रिलिसले १–१ गोल गरेका हुन् । इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए । बेलिङहमले खेलको ३५ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । बुकायो साकाले टोलीको अग्रता दोब्बर बनाए भने स्टर्लिङले पहिलो हाफको इन्जुरी समयमा अग्रता फराकिलो बनाए । दोस्रो हाफमा साकाले व्यक्तिगत दोस्रो गोल गरे भने रासफोर्ड र ग्रिलिसले एक–एक गोल थपे । इरानका लागि तारेमीको गोल सान्तवना गोलमात्र बन्यो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार