प्रदेश १ मा चार सय ३८ मतदानस्थल अति संवेदनशील

शनिबार, ०३ मंसिर २०७९
इटहरी : प्रदेश १ मा चार सय ३८ मतदानस्थल अति संवेदनशील मानिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीन राईका अनुसार प्रदेशभरि रहेका एक हजार आठ सय ९७ मतदान स्थलमध्ये चार सय ३८ वटा अति संवेदनशील छन् । उनका अनुसार आठ सय २४ मतदानस्थल संवेदनशील र ६ सय २४ सामान्य छन् । जसमध्ये झापामा रहेका दुई सय ८५ मतदानस्थलमध्ये ८५ वटा अति संवेदनशील छन् । मोरङमा रहेका तीन सय ६ मतदानस्थलमध्ये एक सय ४४ अति संवेदनशील छन् । यसैगरी सुनसरीमा रहेका एक सय ६६ मतदानस्थलमध्ये ५९ वटा अति संवेदनशील छन् । प्रदेश १ मा संयुक्त निर्वाचन सुरक्षा समितिले भारतको सीमाना जोडिएका झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा पर्ने मतदानस्थललाई अति संवेदनशील मानेको छ । संयुक्त सुरक्षा समितिले प्रदेश १ मा धनकुटामा १६, उदयपुरमा २१, इलाममा ३६, पाँचथरमा ३४, भोजपुरमा ३३, खोटाङमा ४०, ओखलढुंगामा १३, सोलुमा ११ अनि संखुवासभामा सात र ताप्लेजुङमा २३ वटा मतदानस्थललाई अति संवेदनशील मानेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार