कालिकापीठ कालीस्थानमा आज फुलपाती भित्र्याइयो

शनिबार, ०४ कार्तिक २०८०
बिर्तामोड । पूर्वकै प्रसिद्ध देबीको शक्तिपीठ कालिकापीठ कालीस्थानमा आज फुलपाती भित्र्याइएको छ । आश्विन शुक्लपक्ष प्रतिपदादेखि कालीस्थानमा रहेको अक्षय बटबृक्षमुनि घटस्थापना गरी भगवती पराम्बा देबीको पूजा उपासना भैरहेकोमा आज महासप्तमीका दिन फुलपाती भित्र्याइएको हो । सो क्रममा स्थानीय पाथीभरा महिला समूहले नौमती बाजा बजाएर स्वागत(सम्मान गरिएको थियो । देबीका अनेक रुपहरुको पूजा उपासना गरी मनाइने यश पर्व अन्तरगत आज बिल्लबृक्षमुनि सरस्वतीको पूजा उपासना गरि सतपतृका दशैघरमा भित्र्याइने गरिन्छ । उखु, कोला, सामा, धान, हलेदो लगायतका पत्र(पुष्प दशैघरमा भित्र्याएर देबी भगवतीको पूजा उपासना गरिन्छ । प्रत्येक बर्ष शारदीय नवरात्रको अवसरमा देबी भगवतीको पुजा उपासना हुँदै आएको कालिकापीठ कालीस्थानमा यस बर्ष पनि चण्डी पाठसहित वैदिक बिधि पूर्वक विशेष पूजा आराधना गरियो । कालिकापीठ कालीस्थान एवं कालिका मात्री समुहको संयुक्त आयोजनामा सन्चालन भैरहेको पुजा उपासना अन्तर्गत महानवमीका दिन नवकन्याको पुजासहित समापन गरिने कालिकापीठ कालीस्थानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलले बताए । महाशक्त्को उपासनाले दैवी प्रकोप एवं ग्रहदोष समन हुने, अनिष्ट निवारण हुने, महाकाली, महालक्ष्मी, महासरस्वती शक्ति स्वरुपिणी दुर्गा माताको पुजा उपासनाले इहलोकमा सुख, समृद्धि प्राप्त हुने र परलोकमा देवी सायुज्ज प्राप्त हुने पुराण एवं वैदिक ग्रन्थमा उल्लेख रहेको कालिकापीठका प्राचार्य रघुनाथ रिजालले बताए । असत्यमाथी सत्य, आसुरी शक्तिमाथी दैबी शक्तिको विजयोल्लासको रुपमा मनाइने दशै पर्वको बिशेष महत्व छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार