झापाका सरकारी वकिलको कार दुर्घटनामा

बुधबार, ०८ कार्तिक २०८०
झापा । झापा जिल्ला अदालतको कार  दुर्घटनामा परको छ । बडादसैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । झापाका सरकारी वकिलको सो गाडी बरबोटे गैरीगाउँ सडक खण्डमा दुर्घटनामा परेको थियो । बिहान ११ बजे इलामको बरबोटेबाट गैरीगाउँतर्फ जान लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयको बा। २ झ २६७१ नम्बरको कार दुर्घटनामा परेको हो । कार रोकेर बाटोको ढुङ्गा पन्छाउन खोज्दा सो कार आफैँ पछाडि सरेर सडकबाट करिब ३ मिटर तल झरेको प्रहरीले जनाएको छ । कारमा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य र चालक सवार रहेका थिए । दुवै सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार